पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान

पशुपति क्षेत्रमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त अभियानको शुभारम्भ गर्नुभएको हो ।

उहाँले रुद्राक्षको विरुवा रोपेर अभियान थालनी गर्नुभएको हो । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने उहाँले बतानुभयो ।

मन्त्रीले रोपेका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई जिम्मा लगाइएको जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने कार्यक्रम छ । कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह तथा कोषका पदाधिकारीहरुको सहभागिता थियो ।

खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले रुद्राक्षको एक लाख विरुवा उपलब्ध गराउने बताइएको छ ।

टिप्पणीहरू