कुमारी आमालाई शीतल निवासबाट पनि खेदियो

कुमारी आमालाई शीतल निवासबाट पनि खेदियो

न्याय खोज्न भन्दै राष्ट्रपति निवास शीतल निवास पुगेकी कुमारी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो साढे ३ बजेको समयमा बसन्तपुरबाट शीतल निवास पुगेकी उनलाई प्रहरीले तत्काल पक्रेर महाराजगञ्ज वृत्तमा लगेको हो ।

यसअघि उनलाई सिंहदरबार अघिल्तिरको भद्रकालीमा अनसन बस्न लाग्दा पनि प्रहरीले पक्रेर बसन्तपुर पुर्याएको थियो । त्यसपछि सर्वोच्च अदालत बाहिर बस्न खोज्दा गत साता प्रहरीले नियन्त्रणमा लिएको हो ।

किशोर अवस्थामा आफूलाई बलात्कार गरिएको र बालकको जन्म भएको बताउँदै आएकी निकारिका राजपुतले बलात्कारीलाई कारबाहीको माग राखेकी छन् । उनको साथमा दुई वर्षको काखे बालक पनि छ ।

टिप्पणीहरू