अष्ट्रेलियामा पूर्व युवराज्ञी हिमानीसँग सशुल्क डिनर शुरु
हिमानी ट्रष्टकी अध्यक्ष तथा पूर्व युवराज्ञी हिमानी शाहसँग डिनर खाने कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा भर्खरै शुरु भएको छ । यता नेपालमा नेवार समुदायवीच जनै पूर्णिमाको दिन क्वाँटी खाने पर्व चल्दै गर्दा उता ट्रष्टको निम्ति रकम संकलन गर्ने उद्देश्यले आयोजित ‘डिनर वीथ हिमानी’ कार्यक्रम भव्य भएको सहभागी एक जनाले बताएका छन् ।
जनआस्थालाई डिनरस्थलबाट भिडियोसहित प्राप्त समाचारमा भनिएको छ,‘हिमानीको फण्ड रेजर कार्यक्रम भव्य भयो । सोचेको भन्दा राम्रो भयो । सहभागीहरु खचाखच छन् । रकम पनि मनग्ये उठेको छ ।’ डिनरमा सहभागी सशुल्क पाहुनालाई ट्रष्टकी अध्यक्ष हिमानीले सम्बोधन गर्नुभएको बताइन्छ । प्रत्येक डिनर टेबलको अघिल्तिर नेपालको झण्डा राखिएको छ । सहभागीहरुबीच हिमानीसँग फोटो खिच्नेको ताँती लागेको छ ।
न्यू साउथवेल्सको पार्लियामेन्ट हाउसस्थित स्ट्रेन्जर्स हलमा डिनर कार्यक्रमको आयोजना गरिएको छ । फन्डरेजिंग अर्थात नगद संकलनको उद्देश्य राखिएको डिनरमा सहभागी हुन प्रत्येक व्यक्तिले १ सय ५० अष्ट्रेलियन डलर तिरेका छन् ।भोलि महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम राखिएको छ । भोलिको कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ पनि ७५ डलर प्रतिव्यक्ति प्रवेश शुल्क तोकिएको छ ।
हिमानी पूर्व राजपरिवारका सदस्यहरुसहित अस्ति सिंगापुर एअरलाइन्सबाट त्यता जानुभएको हो । कार्यक्रमकै वीच Fire alarm बजेर अहिले कार्यक्रम १५ मीनेट रोकिएको छ । त्यसपछि फेरि शुरु हुनेछ ।
टिप्पणीहरू