पूर्व मेयरका पिएले सम्पादक कुटे

पूर्व मेयरका पिएले सम्पादक कुटे

चितवनबाट सञ्चालित कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि कुटपिट भएको छ । समाचारको विषयलाई लिएर उनीमाथि कुटपिट भएको बताइएको छ ।

उक्त घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ चितवन शाखाका सदस्यसमेत रहेका उनले कालिका नगरपालिकाका निर्वतमान मेयर खुमनारायण श्रेष्ठ र उनका पिए दीपक लामिछानेको बारेमा समाचार लेखेका थिए ।

सो सामग्री हिजो अनलाइनमा प्रकाशन गरेको निहुँमा पिए लामिछानेलगायत केही व्यक्तिले सिंखडामाथि कुटपिट गरेको महासंघले जनाएको छ ।

संप्रेषित समाचारको विषयमा चित्त नबुझे वा गुनासो भए त्यसविरुद्ध कानूनी उपचारमा जान सकिने मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारमाथि भएको कुटपिट प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासंघको ठहर छ ।उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन र सञ्चारकर्मीलाई निर्वाध, सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गरिदिन जोडदार माग गरेको छ ।

टिप्पणीहरू