भूमिहीन र सुकुम्बासीसँग निवेदन मागियाे

भूमिहीन र सुकुम्बासीसँग निवेदन मागियाे

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई ३५ दिनभित्र जग्गाका लागि निवेदन दिन आग्रह गरेको छ । आयोगले स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन दिन अनुरोध गरेको छ ।

आज जारी सूचनमा आगामी ३५ दिनभित्र प्रदेश नम्बर १ मा इलाम, तेह्रथुम, मोरङ, सुनसरी र खोटाङ र संखुवासभाका विभिन्न स्थानीय तह तोकिएको छ ।

त्यस्तै, मधेश प्रदेशबाट सप्तरी, सिरहा, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा र बागमतीबाट सिन्धुपाल्चोक, रसुवा, ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोकका भूमिहीनसँग निवेदन माग गरिएको छ ।

गण्डकी प्रदेशका गोरखा, लमजुङ, पर्वत, बागलुङ, कास्की, स्याङजा, म्याग्दी, मनाङ र लुम्बिनीको पाल्पा, कपिलवस्तु, प्युठान, बाँके, बर्दियाका भूमिहीनले पनि जग्गा पाउने भएका छन् ।

कर्णालीका सुर्खेत, सल्यान, जाजरकोट, हुम्ला, डोल्पा, दैलेख र सुदूरपश्चिमको बाजुरा, बैतडी, दार्चुला, बझाङ, डोटीका विभिन्न स्थानीय तहमा आवेदन दिन सकिने बताइएको छ ।

टिप्पणीहरू