थाइ राजा जन्मिएको दिन नेपालीहरुको समुद्र किनारमा ओइरो

थाइ राजा जन्मिएको दिन नेपालीहरुको समुद्र किनारमा ओइरो

थाइल्यान्डका नेपालीहरूले स्वर्गीय राजा भूमिबोल अदूल्यादेजको विशेष सम्झना गरेका छन् । हिजो आइतवार एकाबिहानै सामाजिक काममा जुटेर उनीहरूले लोकप्रिय राजालाई स्मरण गरेका हुन् ।

स्वर्गवास भएका थाई राजा भूमिबोलको जन्मदिनको अवसरमा थाई नेपाली संघ फुकेट शाखाका पदाधिकारी र स्वायमसेवकले ‘पतोङ समुन्द्री तट’छेउ वृक्षारोपण र सरसफाई गरेका थिए । थाई राजालाई थाई नेपाली, बर्मेली नेपाली र नेपालका नेपालीहरू भगवानझैँ ठान्छन्।



स्वर्गीय राजाको विशेष समारोहमा थाई नेपालीहरू खास सम्झना गर्छन् । राजा जन्मिएको दिनको सम्झना गर्दै समुन्द्री तटमा वृक्षारोपण र सरसफाई गरेको थाई नेपाली संघ फुकेट शाखाका अध्यक्ष जगतनाथ निरौलाले बताए । 


८८ वर्षको उमेरमा संसार त्यागेका भूमिबोललाई थाई नागरिकहरू सबैभन्दा शक्तिशाली राजा मान्छन् । थाई मात्रै होइन नेपालीहरू पनि उनी जन्मिएको दिनलाई ‘नेशनल फादर्स डे’का रुपमा मनाउँछन् ।

टिप्पणीहरू