काँग्रेस इतर खेमाको बैठक स्थगित

काँग्रेस इतर खेमाको बैठक स्थगित

नेपाली कांग्रेसको संस्थापन इतर (शेखर–गगन) खेमाको बैठक स्थगित भएको छ । भोलि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते सरेपछि शेखर–गगन गुटको बैठक पनि सारिएको हो । ‘२८ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि समूहको बैठक बस्छ । अहिले मिति तय भइसकेको छैन,’ नेता अर्जुननरसिंह केसीले भने ।

यसअघि आज १ बजे अनुपम फुडल्यान्डमा बस्ने गरि बैठक तय गरिएको थियो । सभापति शेरबहादुर देउवाको ‘हठ’ का कारण तत्कालीन पाँच दलीय गठबन्धन टुटेर काँग्रेस सत्ताबाहिर पुगेको भन्दै असन्तुष्ट इतर खेमा आसन्न केन्द्रीय कार्यसमिति बैठकमा उठाउने एजेण्डाबारे छलफल गर्न छुट्टै बस्न लागेको हो । 

शेखर–गगन समूहले तत्काल नीति अधिवेशन बोलाउन माग गरेको छ । केही नेताहरुले सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्नेसमेत बताएका छन् ।

टिप्पणीहरू