विमान बंगलादेश चढेर ईश्वर पोखरेल ढाकामा

विमान बंगलादेश चढेर ईश्वर पोखरेल ढाकामा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेश भ्रमणमा निस्कनुभएको छ । सत्ताको भागबण्डा मिलाउन अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु व्यस्त भइरहेका बेला उहाँ भने आज छिमेकी मुलुक बंगलादेश जानुभएको हो ।  

दिउँसो १ बजे विमान बंगलादेशको उडान नम्बर बिजी ३७२ बाट पोखरेल बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । मङ्सिर ४ को निर्वाचनमा काठमाडौँ–५ बाट पराजित पोखरेल सत्ताको दौडधुपबाट बाहिर देखिनुहुन्छ । जसका कारण फुर्सदिलो हुनुभएका उहाँ विदेश भ्रमणमा निस्कनुभएको हो ।  

हुन त एमालेभित्र राष्ट्रपतिको सम्भावित उम्मेदवारका रुपमा पोखरेलको नाम पनि चर्चामा छ । पोखरेल बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले) का तर्फबाट अतिथिका रुपमा सहभागी हुन जानुभएको हो । उहाँसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि ढाका गएको बताइएको छ ।

टिप्पणीहरू