रविले फेरि मागे गृह मन्त्रालय

रविले फेरि मागे गृह मन्त्रालय

नागरिकतासम्बन्धी मुध्दामा सर्वोच्च अदालतको फैसलाले पद गुमाएका रवि लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउने तयारीका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिएको छ । गैरसंसद भैसकेका लामिछानेलाई ६ महिने मन्त्री बनाउन सो पार्टीले यस्तो अडान लिने भएको हो । 

आज बसेको पार्टी केन्द्रीय समिति बैठकले पुन: गृह मन्त्रालय पाउनुपर्ने र त्यसका लागि सत्ता साझेदार दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको छ । लामिछानेलाई गृहमन्त्रीकै रूपमा पठाउने तयारी भैरहेको एक नेताले बताए । उनका अनुसार गैरसांसद पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने कानुनी व्यवस्था रहेको र उपचुनावमार्फत लामिछाने पुन: जितेर आउने सम्भावना भएकाले त्यस्तो तयारी गरिएको हो । 

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ । आजैको बैठकले लामिछानेलाई सभापतिमा पुनर्बहाली गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पाएलगत्तै उनलाई पुरानै जिम्मेवारीमा फर्काईएको हो ।

टिप्पणीहरू