माओवादी हेडक्वार्टर नजिकै दुर्गा प्रसाईको राष्ट्र बचाऊ अभियान

माओवादी हेडक्वार्टर नजिकै दुर्गा प्रसाईको राष्ट्र बचाऊ अभियान

दुर्गा प्रसाईं उर्फ मार्सीले आज कोटेश्वरमा कार्यालय खोलेका छन् । उनले राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाभियान, नेपालको केन्द्रीय कार्यालय खडा गरेका हुन् । कार्यालय कोटेश्वरको पेरिसडाँडास्थित माओवादी हेडक्वार्टर नजिकै छ ।

उनले आज बिहान पौने ११ बजे झण्डै एक सय जनाको उपस्थितिमा उक्त कार्यालय उद्घाटन गरेको बताइएको छ । एमाले अध्यक्षसँग निकै घनिष्ठ सम्बन्ध रहेका मार्सी गत निर्वाचनदेखि बिच्किएका छन् । झापाबाट सांसदको टिकट नदिइएपछि उनले पूर्व राजा ज्ञानेन्द्र र राजावादीहरुसँग सहकार्य थालेका थिए ।

केही वर्षअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भक्तपुरस्थित घरमा मार्सी चामलको भात खुवाएपछि उनी एकाएक चर्चामा आउन थालेका हुन् । मेडिकल माफियाका रुपमा परिचित उनलाई पछिल्ला दिनमा मार्सी नामबाट धेरैले चिन्दछन् ।

टिप्पणीहरू