नर्भिकले आगामी शनिबार ओपिडी निःशुल्क गर्दै

नर्भिकले आगामी शनिबार ओपिडी निःशुल्क गर्दै

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ ले आउँदो शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

निःसन्तान सम्बन्धी समस्या भएका र दुरबिन पद्धतीबाट स्त्रीरोगको शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले त्यस्तो सेवा सञ्चालन गर्न लागेको जानकारी दिइएको छ । नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

आगामी चैत्र ४ गते शनिबार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए । परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नु परेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने उनको भनाइ छ ।

निःशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम नाम दर्ता गराउन अस्पतालले अनुरोध गरेको छ । टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरेर नाम टिपाउन सकिने छ ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी बृहत जनचेतनामूलक कार्यक्रमसमेत गरेको थियो ।

आगामी चैत ७ गते पुनः मधुमेह लक्षित जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने बताइएको छ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधा समेत पाउने छन् ।

टिप्पणीहरू