शुद्रकरणको निरन्तरताकि संस्कृतिकरण !

शुद्रकरणको निरन्तरताकि संस्कृतिकरण !

-सरोजदिलु विश्वकर्मा

दलितको अन्तिम लक्ष्य पहिचान हो या सामाजिक अन्तर्घुलन या उपल्ला जातिमाथि जवर्जस्त हस्तक्षेप या तिनीहरुसंगै सहकार्य गर्दै जातीय छुवाछूतलाई निर्मुल गर्दै जाने ?? दलितहरु दलितिकरण वा शुद्रकरणमै रमाइरहने या आफूलाई नयाँ भाष्यहरुले सुशोभित गर्ने ? केही विद्वानहरुले दिशानिर्देश गरेका दृष्टिकोणमा समेत आजसम्म एकरुपता बन्नसकेको छैन नत हाम्रो आन्दोलनले नै किटान गरी भन्नसकेको छ । यसवारेमा केहीअग्रजदलितअभियन्ताहरु तथा विद्धान साथीहरुले ‘दलित’शब्दभनेको कुलदेवताको मूलमन्त्रहो, जंगे बिरासत नै हो, यसलाई दायाँ–बायाँचलाएतत्कालै नष्ट होईन्छ भन्ने त्रास बोकिरहेका छन् । ‘दलित’भनेको सम्मानजनक र पहिचानवोधकशब्दहुदैंहोईन । यसको सावधिक अर्थ भनेको दलिएको, थिचिएको, खुट्टामुनि पिल्सिएको आदिभनेर हाम्रो शब्दकोषले भन्छ । यो भनेको “सधै पछि परेको, दास भएको वाहुनुपर्ने, कहिले योग्यनहुने’ भन्ने अर्थ नै लाग्छ । यसको सट्टा दलितभनेको हिरामोतीवादिनैपिच्छे दुधपोखरीमानुहाउने जातिवा सवैभन्दा सुन्दर मानव समुदायभनेर नेपाली, संस्कृत् वा अंग्रेजीमाजवर्जस्त पनर्ब्याख्या गरी जनमानसलाई कहिलै हामीबुझाउनै सक्दैनौ । यसो हो भने दलितभनेको पहिचाननभइ समाजको विकृतीले बोकाएको धब्बा नै हो भनेर अझसम्मकिन नस्वीकार्ने ?? अनि यो धब्बाहाम्राभावी पुस्ताको निधारमा फेरिपनिकिन पुस्तान्तरण गरिरहने ??जवकिहिजोको अवस्थाबाट अलगभइ सम्मानपूर्वक जीवन जिउनुपर्छ भन्नेमापनिहामीतयार भइसकेका छौं । यसर्थ हिजो किचिएको, थिचिएको, फग्लेटैफग्लेटा पारिएको दलितको अवस्थाबाट बाहिर निस्की सम्मानपूर्वक बाच्नपाउनकालागि फेरीपनिहामीले त्यहीथिचिएका, दलिएकावाकुल्चिएकाजातिहौं भनेर किनभनिरहने ??अतः यो समुदायलाई संस्कृत तुल्याउने परिभाषा र नामको आवश्यकता छ ।

अर्काेतर्फ यो समुदायको पहिचानदिनैकालागि सधैं दलित नै भन्नुपर्ने अवस्थाहुन्न । कुनैपनिअवस्था, बस्तु वानाम र पहिचानअभौतिक र अचलहुँदैनन्, सवै कुरा चलायमान नै हुन्छन् । अवस्थाबदलिरहन्छ र नयाँअवस्थालाई सम्वोधनगर्ने बोधकशब्दपनि बदलिन्छ । यतिवेलाअवस्थाबदलिइसकेकाले अवनयाँपहिचानखोज्ने किनखोज्ने ?भन्नेमानयाँ पुस्ताको माग छ । बि.सं. २०२४ सालदेखि हिजोसम्म एउटा अवस्थाहो, यो अवस्थालाई चलनचल्तीको दलितशब्दले पुकार्यो । सो भन्दा अगाडि अछूत, पउनी, परिगणित, निम्नजातभनिँदा ‘दलित’भनौँभन्नेहरुमा समेत यहीचुनौतीथियो । टीआर र हिरालालबीचमा त टकरावभएर दलित नराखिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ र दलित राखिएको राष्ट्रिय दलितजनविकास परिषदबनेको थियो । हिजोको हाम्रो दुर्गतीको कारण छुवाछूत र विभेद नै थियो,आजहाम्रो उन्नतीकोशुत्रभनेको समावेशीकरण, शैक्षिकप्रगति, आर्थिक समृद्धि, सांस्कृतिकअन्तरघुलन आदि–इत्यादीहो भन्नेमाहामीपुगिसकेका छौं । अवको पाटो भनेको आर्थिक क्रान्ति र सांस्कृतिक अन्तर्घुलनहो भन्ने हाम्रो निष्कर्ष हो । यी सवै मुद्दालाई सम्वोधनगर्ने नयाँशब्दको खोजीगर्नुपर्ने अवस्था छ ।

दलितशब्दको विकल्पदिनुपर्ने अरु ४ वटा कारणहरुपनि छन् ।

पहिलोः– दलितशब्दले आफ्नो पहिचानदिँदाआफैं दया र हासोको पात्रहोईदैछ । युवा र विदेशमा रहेका पुस्ताले यो शब्दलाई घृणा गर्दछन् भने दलितभनेर परिचयदिँदा गैरदलितले समेत भित्रभित्रभने कामी, दमाईं सार्की वातल्लो जातको रहेछ, कोटा खाने जात रैछ भनिहाल्छन् । त्यो पनि एक किसिमको अपमान नै हो । दलितशब्दको पसलथापेर गैरसरकारी संस्थाहरुले जतिदलितिकरण गर्दैछन् त्यति नै दलित समुदायहरु बदनामपनिभइरहेका छन् । यो यथार्थ हो ।

दोश्रोः– दलितआन्दोलनका पुराना पुस्ताहरु थाकेर आआफ्नाथाकथलामाथन्किनथालेका छन् भने २१ औ शताब्दीकाप्रविधिसंग खेल्ने र संस्कृतिसंग रमाउने युवा पुस्ताहरु दलितशब्दकाकारणले आन्दोलनमाआउनै चाहन्नन् । यसलेगर्दा आन्दोलनको मैदानबिस्तारो खालीहुँदैछ । मैदानखालीहुँदाआन्दोलन पूर्णतःकमजोर भएको छ । उदाहरणः कुनैवेलासिन्धुपाल्चोकको सीपापोखरी, डोटीको शैलेश्वरी, चितवनको माडी, स्याङ्झाको उदियाचौर वालहानको चमार आन्दोलनआदि ठाउंहरुमा भएका दलितबिरुद्धका दमनमाहजारौं दलितहरु मर्न र मार्न तयार हुन्थे । तर आजअजितमिजार होस् या लक्ष्मी परियारहरु वा सुन्दर हरिजनहरु निर्ममतापूर्वक मारिँदाआन्दोलन तुरुन्तै सुस्ताउँछ । दलितशब्द सुन्नै नचाहने र सुनेर पनिबुझपचाइदिने नयाँपुस्ता अरु कोहीनभएर हाम्रै घरभित्रैकाभाइवहिनावा छोराछोरी हुन् । तिनलाईदलित–सलितमतलव छैन, अवसर चाहिएको छ, उनीहरु नयाँउपलब्धीको खोजीगरिरहेका हुन्छन् । तिनलाई भविश्यमा केले सम्वोधनगर्ने ?जवर्जस्त तिनलाई ‘तिमी त दलितहौ’ या ‘तिमीले आफूलाई दलितभन्नैपर्छ’ भन्दातिनले स्वीकार्लान् ??तिनकै सुन्दर भविश्यकालागिहामी लड्दैआएकाहौं भने घरकानानीहरुलाई गएर फेरी सोधौं– तिनीहरु के भन्छन् ।

तेश्रोः– दलितशब्दको स्थापनागर्ने कपाली र खड्गीहरु तीनदशकदेखि आफूलाई दलितवानिम्नजातवा परिगणितलाई छोड्दै धेरै अगाडि आइसके । सोहीअनुसार दलितआन्दोलनकामागहरुलाई राज्यबाट सम्वोधनहुँदैजाँदाएकदिनहामीदलित अवस्थाबाट बाहिर आइसकेकाहुनेछौं । अवको १५–२० वर्षपछि आन्दोलनलाई नयाँपुस्ताले नेतृत्वगर्नेछ र त्यसवेलादलितभनिने कुरा आफ्सेआफ हराउने छ । त्यसपछिको हाम्रो पहिचान के हो ?हामी कसरी संगठित हुने र नयाँमागहरुलाई कसरी उठाउने ??यसकालागिपनिनयाँनामको जरुरी छ । यसर्थ हामीले आफ्नालागिभन्दाभावी पुस्ताकालागि लडिरहेकाहुनाले त्यो पुस्ताको चाहनाअनुसारको अवस्थालाई दलितीकरण होइन, गौरवपूर्ण इतिहास बोकेका, सीप, कला, ज्ञानका धनी, शालिन संस्कृतिभएकाभनि संस्कृतिकरण गर्नेतर्फ सचेत हुनुपर्छ । यसोहुँदा‘दलित’ शब्दले आफैंमा तल्लो, नीच, दमित, पिल्सिएको वा पछाडि परेको अवस्थालाई जनाउने हुनाले यो अवस्थाबाट दलित भनिएकाहरुलाई माथि उठाउन शब्दको समेत खारेज भइ सम्मानित नयाँ पहिचान दिइनु पर्दछ । नत्र निधारमा कालो धब्बा लिएर म त सून्दर छु भन्नु उपयुक्त हुन्न । अर्थात यो समुदायले दलित भएकोमा एकातिर आफूहरु उच्च नै हौं भन्ने अर्कोतिर आफूलाई नीच बनाइ माग्ने र कमाउने खेलोमेलो गरिरहने हो भने त्यसबाट दलितको मुक्ति सम्भव हुन्न । यसर्थ दलित अवस्थाबाट बाहिर निस्कने र निकाल्ने विकल्पको खोजीका लागि सम्मानवोधक र पहिचानवादी नयाँ शब्दको रोजाई हुनुपर्दछ । त्यो पहिचान र सम्मान “सिल्पी”शब्दले दिनसक्छ । त्यसले नै यो समुदायको संस्कृतिकरण गर्दै लैजाने छ ।

चौथोः– दलितभनिएका समुदायको समावेशीकरण र समान साझेदारीकाविषयमाअहिले दुईवटा विचारहरु खतरनाक ढंगले अघि बढिरहेको स्थिती छ । प्रथमतःपुँजीवादले दलितहरुलाई प्रयोग गरेर दलितीकरण गरिरहेको अवस्थामाविकासकानाममा केहीपुँजीहरु बितरण गरेर पुँजिपतिवर्गहरु केहीदलितहरुको वर्ग उत्थानगरिदिएर गैरदलित र दलितमावादलित–दलितवीचमै खाडल पैदा गर्न चाहन्छन् । ताकी ऊ बाहुनक्षेत्रीहरुसंग लडिरहोस् अथवा समाज द्धन्द्धमा फसिरहोस् भन्ने हेतुले दातानिकायहरुले केहीदलितहरुलाई परिचालनगरिरहेका छन् । केहीबिचौलियादलितहरुलाई पुँजीको मात्र सहयोग होइन, देश–विदेशको समेत यात्रा गराएर, पुँजिवादको प्रशिक्षण दिएर नेपाली समाजलाई दिर्घकालसम्मअस्थिर बनाइरहनचाहेका छन् । अर्को, यो अवस्थालाई बुझेर केहीअभिजात बुद्धिजिवीहरु दलितको अवस्थावर्गीय हो र यसलाई वर्गीय मुद्दासंगै सम्वोधनगरिनु पर्छ भनेर आफैँलाई समेत दलितीकरण गरिरहेका छन् । अर्थात ‘बाहुन क्षेत्रीवाउपल्लाजातमा समेत आर्थिक अवस्थाले गर्दा दलितभएका छन्, दलितमात्रगरिव छन् र ?हामीले विभेद गरेकाछौं त ?’ भनेर ब्यक्तिगतउदाहरण दिँदै अवदलितभनेर कित्ताछुट्ट्याउनु हुँदैन भनिरहेका छन् । यीदुवै बिचारहरु दलित समुदायमाथिको खतरनाक हस्तक्षेप हो । यो, दलित समुदायको अवस्थासंग आफूलाई तुलना गरेर आफूलाई समेत दलितीकरण गरेर आरक्षण वा समावेशीकरणलाई खारेज गर्ने वातल्लो वर्गभित्र समेत प्रतिष्पर्धाकानयाँ मापदण्डहरु बनाएर उनीहरु नै अगाडि आउने रणनीति हुनसक्छ । जवकि एउटै वर्गमा समेत उनीहरुले बनाएको मापदण्डका आधारमाउनीहरुसंग हामीप्रतिष्पर्धा गर्नै सकेका छैनौ, सक्दैनौं । यसकारणले गर्दा सधै उनीहरुले नै अवसर प्राप्तगरिरहने र सत्तामा रजाईँगरिरहने मौकाहरु स्थापितहुनेछन् । यस्तो अवस्थामा समेत दलितका जड् समस्याहरुलाई समाधानगर्न अवहामीले शुद्रकरणकरण नभई आफूलाई संस्कृतिकरण गर्नुपर्ने हुन्छ । र, रुपान्तरण वा समाजवाद स्थापनाकालागिअवबन्ने संरचनाहरुमादलितको समेत नियन्त्रण रहने साझेदारीको हिस्सा खोज्नु पर्दछ । त्यसैले जुनसुकै नाममाहोस् सत्तावा नेतृत्वमा यो समुदायको समानुपातिक समावेशी हिस्सा आधारविन्दू हुनुपर्छ ।


 

टिप्पणीहरू