चाेरिएकाे तलेजु भवानीको हार अमेरिकाको सिकागोमा

काठमाडौंको प्रख्यात तलेजु भवानीको हार (नेकलेस) अमेरिकाको सिकागोमा प्रदर्शनीमा राखिएको छ । नेपालबाट हराएको उक्त हार आर्ट इन्स्टिच्युट अफ सिकागोमा खुलमखुल्ला राखिएको छ ।
डा. श्वेता ज्ञानु बानियाले ट्वीटरमा भिडियो र तस्बिरसहित नेपालमा चोरिएको हार अमेरिकामा प्रदर्शनीमा राखिएको विवरण राखेकी छन् ।
अमेरिकामा असिस्टेन्ट प्रोफेसर रहेकी उनले आफ्नो व्यक्तिगत ट्वीटरमा नेकलेसबारे जानकारी गराएकी हुन् । यसअघि पनि उक्त हारबारे नेपाली सञ्चारमाध्यममा उल्लेख गरिएको थियो ।
हिन्दू धर्मावलम्बीमा पनि विशेषगरी काठमाडौंको रैथाने नेवार समुदायमा तलेजु भवानी र उनीसँग सम्बन्धित गरगहनाको ठूलो धार्मिक महत्व छ । तलेजु भवानीको मन्दिर बडा दशैंको नवमीको दिनमा मात्र सर्वसाधारणको निम्ति खुल्ने गर्छ ।
I took this video yesterday at Art Institute of Chicago where stolen piece of our Taleju Bhawani (our Goddess ) from Nepal is openly displayed @artinstitutechi pic.twitter.com/20vsrsIuNx
— Dr. Sweta Gyanu Baniya (@Sunkesharee) June 12, 2021
टिप्पणीहरू