परराष्ट्र सचिव चीन प्रस्थान

परराष्ट्र सचिव चीन प्रस्थान

परराष्ट्र मन्त्रालयका सचिव आज चीन प्रस्थान गर्नुभएको छ । सचिव भरतराज पौड्याल चाइना साउर्दन एअरलाइन्सको उडानमा आज साँझ त्यसतर्फ जानुभएको बताइएको छ ।

उहाँ उक्त विमान कम्पनीको उडान नम्बर सीजेट ३०६८ मा साँझ पौने ८ बजे ग्वाङ्झौ जानुभएको हो । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा भाग लिन उहाँ ग्वाङ्झौ हुँदै बेइजिङ जाने कार्यक्रम छ ।

टाेलीमा सहसचिव लाेकबहादुर थापा पनि हुनुहुन्छ । बेइजिङस्थित नेपाली राजदूत र कर्मचारीसमेत गरेर नेपाली प्रतिनिधिमण्डलमा सात जना रहनेछन् ।

टिप्पणीहरू