धनगढी गएको अमेरिकी टोली काठमाडौं फर्कँदै

धनगढी गएको अमेरिकी टोली काठमाडौं फर्कँदै

केही दिनअघि धनगढीतर्फ गएको काठमाडौंस्थित अमेरिकी दूतावासको एउटा टोली आज राजधानी फर्केको छ । आठ जनाको टोली साँझ पौने ८ बजे धनगढीबाट बुद्ध एअरको उडानमा प्रस्थान गरेको बताइएको छ ।

टोलीमा दूतावासकी विदेश मामिला अधिकृत केली तोसिरो ओजिमासँगै केभिन मिचेल स्कुल्ली,रेमण्ड मेक डुफी,मोथिउ रोबर्ट रियल्फ,सामुएल रोबर्ट नेसेमान,लिआने एम ट्युमे र जेनिफर एम डास छन् ।

आठ जनाको टोलीमा एक जना नेपाली कर्मचारी पनि रहेको बुझिएको छ ।

टिप्पणीहरू