कम्युनिष्टहरुको मध्यान्ह जुलुस, दिउँसो आमसभा

कम्युनिष्टहरुको मध्यान्ह जुलुस, दिउँसो आमसभा

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वार्षिकोत्सव आज विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । आज दिउँसो काठमाडौंको खुलामञ्चमा आमसभा राखिएको छ । त्यसअघि आधा दर्जन कम्युनिष्ट पार्टीका नेताहरुको सहभागितामा जुलुसको कार्यक्रम राखिएको बताइएको छ ।

खुल्लामञ्चमा सहभागीहरुको निम्ति झण्डै तीन हजार वटा मेच राखिएको छ । स्टेजको तयारी हुँदै गर्दा कलैया, वीरगञ्ज, पोखरालगायत विभिन्न स्थानबाट कार्यकर्ता आउने क्रम जारी रहेको नेकपा विप्लवले जनाएको छ ।

त्यसअघि आजै मध्यान्ह १२ बजे सुन्धाराबाट जुलुस निकालिने कार्यक्रम छ । जुलुसमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायतको उपस्थिति हुनेछ । त्यसैगरी विप्लव, आहुती र कर्णजीत बुढाथोकी पनि जुलुसमा सहभागी हुनेछन् ।

टिप्पणीहरू