प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

नेकपा मसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण स्थगितको माग गरेको छ । 

भारतले नेपालको भूमि समेटेर नक्सा बनाएको सन्दर्भमा प्रधानमन्त्रीले भ्रमण गर्नु उचित नहुने निष्कर्ष निकाल्दै मसालले यस्तो माग गरेको हो । महासचिव सन्तबहादुर नेपालीले आज विज्ञप्ति निकालेर भनेका छन्, ‘यसले नेपालको सार्वभौमिकतामाथि आक्रमण गरेको छ । उपरोक्त कारणले गर्दा त्यो नक्सा नसच्याउँदासम्म हाम्रो पार्टी प्रधानमन्त्रीलाई यो भ्रमण रद्द गर्न अपिल गर्छ ।’   

भारतले हिजो उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड’ भारतको नक्सा भन्दै नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत समावेश गरिएको छ । नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा भारतले यसअघि नै सामेल गराएको थियो ।
 

टिप्पणीहरू