विप्लवअघि प्रधानमन्त्रीको देउवासँग भेट

विप्लवअघि प्रधानमन्त्रीको देउवासँग भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट भएको हो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ४ बजे बालुवाटार पुग्नुभएका सभापति देउवा साँझ ५ बजे निस्कनुभएको बताइएको छ ।

भारत भ्रमणबाट फर्केपछि पहिलो राजनीतिक भेटघाट देउवाबाट शुरु गर्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यसलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग बालुवाटारमै छलफल गर्नुभएको हो । देउवा निस्केपछि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर विप्लव बालुवाटार पुगेका थिए
 

टिप्पणीहरू