बेलायतका काँग्रेस नेताको ‘टेकवे’ आतंक

बेलायतका काँग्रेस नेताको ‘टेकवे’ आतंक

लण्डन हिथ्रो विमानस्थलमा कुनै एनआरएनए नेता वा व्यापारीको आगमन भएको छ भने त्यहाँ  तपाईंले एकजना परिचित अनुहार देखि हाल्नुहुन्छ । किनकि उनी अहिले फुर्सदिला छन् । 

आफ्नो टिएफएल जागिरमा आँखा दुखेको बहाना गर्दै "बेनिफिट’ खाएर घरै बसेकाले जो आउँदा पनि स्वागत गर्न पर्याप्त समय छ उनीसंग । उनी हुन् राजकुमार त्रिपाठी ।  त्रिपाठी भर्खरमात्र नागरिक समाज बेलायतको महासचिवका रुपमा प्रकट भएका छन् । कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए युकेमा महासचिव भइसकेपछि अन्यत्र कतै जाने ठाउँ नहुँदा उनले नागरिक समाज नामक एक समूह ‘क्रिएट’ गरेर त्यसमा पनि महासचिवको जिम्मेवारी लिएका छन् ।  

माइक पाएपछि घण्टौँ भाषण गरेर दर्शक-अतिथि भागाभाग बनाउने उनको अहिले अर्को आतंक छाएको छ बेलायती समाजमा ।  बाहिर देशका वा बेलायतकै एनआरएनए नेता,व्यापारी र खर्च गर्न सक्ने नेपाली आएका बेला उनीहरुलाई आफ्नो घर नजिक साउथ ह्यारोका नेपाली रेस्टुरेन्ट गोल्डेनसीप र चौतारीमा बोलाउँछन् । 

आफू ढल्ने गरी पिउने,खाने अनि त्यही मेसोमा मेरा त बालबच्चा घरमा भोकै छन् भनेर २-४ पोर्सन टेकवे अर्डर गरिहाल्ने । बिल सबै अतिथिले तिर्ने भएपछि त्यो जस्तो राम्रो अवसर अरु के हुन्छ र ! ब्रेकमा लुसुक्क घर गएर ‘टेकवे’ छोडी फेरि आउने र आफ्नो खानपानलाई निरन्तरता दिने गरेको रेस्टुरेन्ट सन्चालक बताउँछन् । 

‘मानिसहरुको आफ्नै बजेट हुन्छ, कति बस्ने समय हुन्छ तर ऊसँग बस्न थालेपछि निस्कन दिने होइन’, एक सन्चालकले भने, ‘हाम्रा ग्राहकलाई ट्र्यापमा पारेर खाने मात्र होइन धेरै बोलेर आतंकित नै पारेको छ ।’ राजकुमार त्रिपाठीसँग खान आएका ग्राहक अर्को पटक नआउने स्थिति बनिसकेको ती साहुजीले गुनासो गरे ।  यसबाहेक ग्रुपमा बस्दा अरुसँग बढी बढी पैसा उठाउने र अन्तिममा बचेको पैसा आफ्नै पकेटमा हाल्ने प्रवृत्ति पनि रहेको चिन्नेहरु बताउँछन् ।

 

लण्डनमा दुई दशकदेखि बस्न थालेका त्रिपाठीलाई खान नपुग्ने हैसियत पनि होइन । लण्डनमा तीन वटा घर छन् र त्यसबाट भाडासमेत राम्रो आउँछ । उनी पेशाले सिभिल इन्जिनियर पनि हुन् । अर्काको टिकट खर्चमा एनआरएन सभा सम्मेलन भ्याउँदै हिंड्दा समग्र बेलायतका नेपालीको इज्जत नै धुमिल भएको बताइन्छ ।

-उत्तम क्षेत्री

टिप्पणीहरू