असन्तुष्ट कामरेडलाई नयाँ जिम्मा

असन्तुष्ट कामरेडलाई नयाँ जिम्मा

राजनीतिक र संगठनात्मक क्षेत्रमा पार्टीले व्यहोरेको क्षतिको समीक्षा नगरी एमालेले सदस्यता नवीकरण र प्रदेश अधिवेशनतिर अग्रसरता देखाएको छ । 

हालै च्यासलस्थित केन्द्रीय कार्यालयद्वारा जारी अन्तरपार्टी निर्देशनमा संगठित सदस्यताको नवीकरण असारसम्म सिध्याउने प्रसंग उल्लेख छ । उसले चलाएको ‘मिशन ग्रासरुट’ अभियानको सिफारिसअुनसार भदौ महिनाभरि ९ वटै प्रदेशको अधिवेशन गर्नुपर्ने भएको छ भने चैतसम्म प्रदेशदेखि वडासम्मको अधिवेशन सिध्याउने कार्ययोजना बनाइएको छ । प्रशिक्षणलाई व्यापकता दिने क्रममा प्राथमिक, माध्यमिक र उच्च तहका पाठ्यक्रम तय गरिएको छ । जिल्ला कमिटीले आधारभूत तहको प्रशिक्षण दिनुपर्ने र त्यो टिमका लागि रामशाहपथस्थित स्काई ब्यांक्वेटमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ ।

यता, पेशागत फाँटका नेताहरूलाई जिम्मेवारी दिइने भएको छ । सबै ठाउँमा इञ्चार्ज फेरिँदा पेशागत विशेष जिल्ला कमिटीको इञ्चार्ज फेरिएन । जिल्ला कमिटीका पूर्वउपाध्यक्ष समीर नेपाल हालै पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्य सिफारिस भएका छन् । त्यो हैसियत पार्टी केन्द्रीय सदस्यसरहको हो । दूरसञ्चारका पूर्वकर्मचारी कूलबहादुर आचार्य र शिक्षक नेता डा.बाबुराम आचार्यलाई भने पार्टीको केन्द्रीय सल्लाहकारमा सिफारिस गरिएको छ ।
 

टिप्पणीहरू