यथास्थितिमा बजेट पारित हुँदैन, अरु दलसँग एकता पनि गरिँदैन : उपेन्द्र यादव

यथास्थितिमा बजेट पारित हुँदैन, अरु दलसँग एकता पनि गरिँदैन : उपेन्द्र यादव

सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षको बजेट यथास्थितिमा पारित नहुने बताएका छन् । पार्टी कार्यालय, बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले बजेट संशोधन हुनैपर्ने धारणा राखेका हुन् । 

उनले भनेका छन् ‘सत्तारुढ दलभित्र छलफलै नगरी बजेट ल्याइयो । बजेटलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्टि राखियो । यथास्थितिमा पारित गर्न दिईंदैन ।’ बजेटले पूरै मधेशलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको उनको आरोप छ ।  

यादवले हालै घोषणा भएको समाजवादी मोर्चामा आबद्ध दलबीच पार्टी एकता नहुने जानकारी दिएका छन् । जसपाले यही १० गतेदेखि विधान अधिवेशन गर्न लागेको छ ।

टिप्पणीहरू