ब्रिक्स समूह विस्तार, पाँचबाट अब ११ मुलुक सदस्य

ब्रिक्स समूह विस्तार, पाँचबाट अब ११ मुलुक सदस्य
सुन्नुहोस्

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहमा अरु छ मुलुक सदस्य थपिएका छन् । दक्षिण अफ्रिकामा भइरहेको सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालाई सदस्यता दिने निर्णय गरेको छ । 

सन् २००९ मा स्थापित यो संस्थामा प्रारम्भमा दक्षिण अफ्रिका थिएन । पहिलेको ब्रिक दक्षिण अफ्रिका थपिएपछि ब्रिक्स भएको हो । विश्वका उदीयमान अर्थतन्त्र भएका मुलुकहरुको संलग्नतापछि यो संस्थाले विश्व अर्थतन्त्रमा सन् २०५० सम्ममा निकै ठूलो प्रभाव जमाउन सक्ने विश्लेषण गरिँदै आएको छ ।

टिप्पणीहरू