अस्कर अवार्डका लागि नेपाली चलचित्रको आवेदन आह्वान

अस्कर अवार्डका लागि नेपाली चलचित्रको आवेदन आह्वान

एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपाली चलचित्रको आवेदन आह्वान गरिएको छ । 

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विज्ञप्ति जारी गर्दै ९६ औं संस्करणको अवार्डका लागि आवेदन आह्वान गरिएको जानकारी दिइएको छ । 

अस्करमा सहभागी हुन इच्छुक नेपाली चलचित्रकर्मीले भदौ २९ गतेभित्र समितिको सचिवालयमा चलचित्र दर्ता गराउनुपर्नेछ । चलचित्र २०७९ असोज १५ गतेभन्दा पछि तथा २०८० असोज १४ गतेभन्दा अगाडि नै सार्वजनिक प्रदर्शन गरिएको हुनुपर्नेछ । 

समितिले दरखास्तका लागि चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर ओटीटीमा रिलिज भएको प्रमाण, ३५ एमएम वा ७० एमएमको भिडियो वा २४–४८ फे्रममा प्याकेज गरिएको डिजिटल सिनेमा, २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजेल सिनेमा उपलब्ध गराउन भनेको छ । 

यस्तै, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरुको नामावली, अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश, निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटासम्म स्थिर फोटो, चलचित्र रिलिज हुँदाको एउटा अफिसियल पोस्टर र चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाण समेत पेश गर्नुपर्ने छ ।
 

टिप्पणीहरू