महाराजगंजको मनमोहनलाई कर्मचारी चाहियो

महाराजगंजको मनमोहनलाई कर्मचारी चाहियो

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका लागि कर्मचारी मागेको छ । 

आज सूचना प्रकाशित गर्दैसंस्थानले करार सेवामा मुख्य प्राविधिक सहायक (फार्मेसी) र मुख्य प्राविधिक सहायक (रेडियोग्राफी) पदमा कामदार माग गरेको हो । तोकिएको योग्यता पुगेकालाई आगामी कात्तिक २० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सूचनामा भनिएको छ ।

सूचनामा भनिएअनुसार मुख्य प्राविधिक सहायक (फार्मेसी) का लागि त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ । त्यस्तै, मुख्य प्राविधिक सहायक (रेडियोग्राफी) का लागि रेडियोग्राफी विषयमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्छ । 

यससम्बन्धी विस्तृत जानकारी संस्थानको वेभसाइटमा राखिएको जनाइएको छ ।

टिप्पणीहरू