भारतीय राजदूतले हुम्लाबाट कैलाश मानसरोबरको दर्शन गर्ने

भारतीय राजदूतले हुम्लाबाट कैलाश मानसरोबरको दर्शन गर्ने

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सुर्खेत हुँदै हुम्ला जानुभएको छ । उहाँ आज बिहान पौने ९ बजे कैलाश हेलिकोप्टरमा काठमाडौंबाट त्यता प्रस्थान गर्नुभएको हो ।

त्यहाँबाट राजदूत श्रीवास्तव हुम्ला जानुभएको छ । हुम्लामा आजै विभिन्न कार्यक्रममा सहभागी भएर उहाँले नाम्खा गाउँपालिका ६, लिमी लाप्चाबाट तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्ने बुझिएको छ ।

आजै सर्किगार्ड गाउँपालिका १, जैरमा सरस्वती माध्यमिक विद्यालयको पुस्तकालय उद्घाटन तथा हस्तान्तरण गर्ने कार्यक्रम छ । त्यसैगरी चंखेली गाउँपालिका २, देउली महादेव मावि, दार्माको पुस्तकालय भवनको पनि उद्घाटन गर्ने बताइएको छ ।

ती सबै स्थानमा सहभागी भएपछि बास बस्न मुगुको रारा पुग्ने सर्किगाड गाउँपालिका स्रोतले बताएको छ । राजदूतसँगै काठमाडौंबाट सर्किगार्डका अध्यक्ष ठान बहादुर रोकाय र चंखेलीका अध्यक्ष प्यारीलाल शाहीसहित तीन जना त्यता गएका हुन् ।

टिप्पणीहरू