मनास्लुको फेदमा थला परेका तीन जनाको हेलिकप्टरबाट उद्धार

मनास्लुको फेदमा थला परेका तीन जनाको हेलिकप्टरबाट उद्धार

गोरखाको मनास्लु क्षेत्र घुम्न पुगेका तीन पर्यटक बिराम भएर थला परेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज एयर डाइनेस्टीको हेलिकप्टरबाट उनीहरुलाई उद्धार गरी काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । सिरानचोक गाउँपालिका–३, हर्मीका बसन्त घिमिरे, चितवन भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको उद्धार गरिएको हो ।

मनास्लु क्षेत्रको पदयात्रामा रहेका उनीहरु चुमनुव्री गाउँपालिका–१ साम्दो पुगेपछि लेक लागेर बिरामी भएका थिए ।

टिप्पणीहरू