झण्डा हल्लाउँदै विदेश गएका मन्त्री हात हल्लाउँदै फिर्ता

झण्डा हल्लाउँदै विदेश गएका मन्त्री हात हल्लाउँदै फिर्ता

चार दिनअघि विदेश गएका मन्त्रीको उतै छँदा पद खुस्किएपछि आज साँझ स्वदेश फर्केका छन् । मन्त्रीको हैसियतमा दुबई गएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी आकाशमा छँदै पदमुक्त भएका हुन् । 

उनी गत शुक्रबार अपरान्ह यताबाट त्यहाँ आयोजित एक कार्यक्रममा भाग लिन गएका थिए । आज दिउँसो उनी काठमाडौं आउने क्रममा विमानमा यात्रारत रहेको अवस्थामा पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेरेर मन्त्रीमण्डल पुनर्गठन गरेपछि पदमुक्त भएका मन्त्री भण्डारी साँझ सवा ६ बजे आइपुगेका हुन् । सचिव केवलप्रसाद भण्डारीसहित उनी फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७५ मा दुबईबाट काठमाडौं आएको अध्यागमन स्रोतले बताएको छ ।

टिप्पणीहरू