चौधरीले चलाएको जग्गा सरकारमा फिर्ता

चौधरीले चलाएको जग्गा सरकारमा फिर्ता

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर स्कुल चलाउने विनोद चौधरी मुद्दाबाट जोगिने सम्भावना देखिएको छ ।

मालपोत कार्यालय काठमाडौंले चौधरीले परिवारको नाममा हडपेको १० रोपनी जग्गा सरकारी भएको र यसमा अरु कसैको हकदावी लाग्ने भए २१ दिनभित्र दाबी गर्न सूचना निकालेको थियो । तर दाबी गर्न कोही नगएका कारण सरकारकै नाममा स्रेस्ता कायम भएको छ ।

जग्गा सरकारी कायम भएसँगै यत्तिका वर्ष भोगचलन गरी आर्थिक उपार्जन गर्ने चौधरीले ख्यालख्यालमै उन्मुक्ति पाउने खतरा बढेको हो । सो जग्गा सरकारको नाममा स्रेस्ता कायम भएसँगै अब केही गरिरहन नपर्ने भन्ने निश्कर्षका साथ मुद्दा डिफ्युज गर्ने तयारी हुन सक्छ ।

चौधरीसँग सामान्य बयान  कागजमात्र गरिएको छ । जाहेरी दरखास्त दर्ता भई प्रहरी प्रतिवेदनको आधारमा विधिवत मुद्दा दर्ता भएको अवस्थामा भने अन्य कानुनी प्रक्रिया स्वतः आकर्षण हुनेछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू