चितवनमा उत्पादित शक्तिजल गुणस्तरहीन

चितवनमा उत्पादित शक्तिजल गुणस्तरहीन

औषधि व्यवस्था विभागले चितवनको सीटीएल फर्मास्युटिकलद्वारा उत्पादित शक्तिजलको बेचबिखनमा रोक लगाएको छ । बजार अनुगमनको क्रममा उक्त औषधि न्यून गुणस्तरको पाइएपछि किनबेचमा रोक लगाइएको बताइएको छ । 

विभागका अनुसार सीटीएलद्वारा उत्पादित एसजे ७९१६ ब्याच नम्बरको शक्तिजल न्यून गुणस्तर भेटिएको हो । ‘औषधी न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३४ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्नु,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।  

विभागले सोको विवरण सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई पेश गर्न समेत निर्देशन दिँदै उक्त औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न पनि अनुरोध गरेको छ ।

टिप्पणीहरू