ब्लड क्यान्सर पीडितले गरिन् मनकारीहरुसँग सहयोगको याचना

ब्लड क्यान्सर पीडितले गरिन् मनकारीहरुसँग सहयोगको याचना

ब्लड क्यान्सरबाट पीडित एक दलित महिलाको उपचार खर्चका लागि सहयोगको याचना गरिएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका–१५, पिपराभितकी ब्लड क्यान्सर संक्रमित २५ वर्षीया प्रमिला विकको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि उनका श्रीमान मिलन विश्वकर्माले सहयोगका लागि हात फैलाएका हुन् । श्रीमतीको उपचारको क्रममा भएको सबै जायजेथासमेत बेचिसकिएको र थप उपचारका लागि खर्च अभाव भएकाले मनकारीहरुसँग आर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेका छन् । 

सवारी चालक मिलनले श्रीमतीको उपचार र स्याहारमा लाग्नुपर्ने भएपछि काम छोडेको बताउँदै चरम आर्थिक अभाव रहेको सुनाए । मिलनका दुई छोरीसमेत छन् ।

जनकपुर र भरतपुर क्यान्सर अस्पतालको उपचारपश्चात हाल प्रमिलाको काठमाण्डौस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

पीडित परिवारले ‘मिलन विश्वकर्मा कोइराला’ को नाममा रहेको नबिल बैंकको खाता नम्बर ०१५१००१७५१९२४० र यही खाताको क्यूआर कोडमा आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ ।

टिप्पणीहरू