नाराबाजी र हो-हल्लाका बीच नीति तथा कार्यक्रम पारित

नाराबाजी र हो-हल्लाका बीच नीति तथा कार्यक्रम पारित
सुन्नुहोस्

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । 

प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको छ । उक्त दिन आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू