प्रहरीको भेषमा छिरेका डाँकाद्वारा राजधानीमै लुटपाट

प्रहरीको भेषमा छिरेका डाँकाद्वारा राजधानीमै लुटपाट

प्रहरी भन्दै राजधानीमा डाँकाले लुटपाट मच्चाएका छन् । गोकर्णेश्वर नगरपालिका–३, अत्तरखेल बस्दै आएका सिन्धुपाल्चोकका ४८ वर्षीय भाग्यराम पाइन उक्त अभियोगमा पक्राउ परेका छन् ।

‘सादा पोशाकको प्रहरी हुँ, तपाईंको पसल अनुसन्धान गर्न आएको’ भन्दै उनले काठमाडौंको कपनस्थित एक जना सुनचाँदी व्यवसायीलाई लुटेका हुन् ।

मुस्कान चोक नजिकैको सोहिल बाह्रबिसे सुनचाँदी पसलका सञ्चालक जयविक्रम विकलाई भाग्यरामले आफु प्रहरी रहेको परिचय दिएका थिए । अनुसन्धानका लागि आएको बताउँदै अस्ति राति ११ गते विकको डेरामा पुगेका हुन् ।

त्यसपछि विकलाई पसल पुर्याइयो । तीन÷चार जनालाई बोलाएर कुटपिट गरेर पसलको ताल्चा खोल्न लगाएका हुनु् । लुटपाटमा पाँच तोला सुनका गरगहना र मोबाइल लुटिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो अपरान्ह ५ बजे उनलाई चोरीका सुनसहित नियन्त्रणमा लिएको हो । 

चोरीमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । भाग्यरामको साथबाट प्रहरीले सुनका गहनासहित तीन सय अमेरिकी डलर र एक थान मोबाइल बरामद गरेको छ ।

टिप्पणीहरू