शिक्षा मन्त्रालयद्वारा विधेयकको मस्यौदाउपर सुझाव माग

शिक्षा मन्त्रालयद्वारा विधेयकको मस्यौदाउपर सुझाव माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई वटा विधेयकको मस्यौदा तयार पारेको छ ।

विज्ञान प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विधेयक, २०८१ र व्यावहारिक विज्ञान प्रविधि तथा उद्यमोदय कोषसम्बन्धी विधेयक, २०८१ को मस्यौदा तयार भएको हो । मन्त्रालयले दुईवटै विधेयकको मस्यौदाउपर राय सुझाव दिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेको छ । 

विधेयकको मस्यौदा मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जानकारी दिँदै १५ दिनभित्र सुझाव उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ । स्वदेश तथा विदेशमा रहेका बुद्धिजीवी, शिक्षक, कर्मचारी, विद्यार्थी र विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सरोकार राख्ने व्यक्ति तथा संस्थाले सुझाव दिनसक्ने छन् ।

टिप्पणीहरू