महानगर बैठकमा मेयर अनुपस्थित, उपमेयरको विदेश भ्रमण स्थगित

महानगर बैठकमा मेयर अनुपस्थित, उपमेयरको विदेश भ्रमण स्थगित

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलको पोचुर्गल भ्रमण अन्तिम क्षणमा स्थगित भएको छ । नगरसभा बैठकमा विवाद बढ्दै गएपछि उनले भोलिदेखि हुने भनिएको भ्रमण स्थगित गरिएको जानकारी दिइएको छ । 

आफ्नो पोर्चुगल भ्रमणले नगरसभा बैठक झनै विवादित र अन्यौलग्रस्त बन्ने जनाउँदै डंगालेले विमान टिकटसमेत रद्ध गरिएको बताइन् ।

तर आज बोलाइएको नगरसभा बैठक स्थगित भएको छ । बिहान ८ बजे बोलाइएको बैठकमा मेयर बालेन साह ११ बजेसम्म पनि नगएपछि स्थगित गरिएको हो । 

मेयरले भने एमाले र काँग्रेसका नेताहरुले बैठक रोकेर हिँडेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बीपी कोइराला र मदन भण्डारीको नाममा कार्यक्रम गर्न करोडौँको रकम छुट्याउन नसक्दा नेताहरुले बैठक रोकेको आरोप लगाएका छन् ।

टिप्पणीहरू