अमेरिका बस्ने अरुणिमा एक दशकपछि चलचित्रमा

अमेरिका बस्ने अरुणिमा एक दशकपछि चलचित्रमा

अभिनेत्री अरुणिमा लम्साल एक दशकपछि चलचित्रमा फर्कन लागेकी छन् । उनी ‘घरः बट् इन अमेरिका’ वेब सिरिजबाट चलचित्रमा फर्कन लागेकी हुन् । 

विमलेश अधिकारीको निर्देशन तथा मुख्य भूमिकामा बन्न लागेको चलचित्रमा अरुणिमासहित राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाललगायतको अभिनय रहनेछ । सिरिजको छायाङ्कन हाल अमेरिकाका विभिन्न ठाउँमा भइरहेको छ । 

लामो समयपछि चलचित्रमा देखिन पाउँदा उत्साहित भएको अरुणिमाले बताइन् । वि.सं. ६० को दशकमा उनको ‘अभिमन्यू’, ‘अग्नीज्वाला’, ‘धड्कन’ लगायत दर्जनौं चलचित्र हिट थिए ।

टिप्पणीहरू