समस्याग्रस्त सहकारीको जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गरिँदै

समस्याग्रस्त सहकारीको जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गरिँदै

समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको मार्ट लिलामीमा बिक्री गर्न लागिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवस्थित सहकारीले सञ्चालन गर्दै आएको गार्डेन मार्ट र फर्निचर लिलामीका लागि सूचना जारी गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त गार्डेन मार्ट र फर्निचर खरिद गर्न इच्छुकलाई निवेदनको निम्ति सूचित गरेको हो ।

 
सहकारीको एक रोपनी दुई आना जग्गामा बनेको गार्डेन मार्टको संरचना र मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलाममा राखिएको कार्यालयले जनाएको छ । ती सबै सम्पत्तिको एकमुष्ट मूल्याङ्कन एक करोड १५ लाख ७८ हजार ८८५ रुपैयाँ तोकेको छ । 

सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा अन्यले सात दिनभित्र उल्लिखित रकमभन्दा कम नहुने गरी गोप्य शिलबन्दी आवेदन पेश गर्न सक्ने कार्यालयले जनाएको छ । लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको दायित्व भुक्तानीमा प्रयोग हुने जनाइएको छ ।

टिप्पणीहरू