कलाकारको जम्बो टोली लण्डन जाँदै

कलाकारको जम्बो टोली लण्डन जाँदै

नेपाली कलाकारहरुको जम्बो टोली बेलायत भ्रमणमा जान लागेको छ ।

दिनेश डीसी प्रोडक्सनको व्यवस्थापनमा भइरहेको नेपाल फिल्म फेस्टिभलमा सहभागी हुन एक दर्जन कलाकार लण्डन जान लागेका हुन् । 

आजबाट सुरु भएको फेस्टिभल जुलाई २० मा सकिँदैछ । समापन समारोहमा नेपालबाट दिनेश डिसीसहित भुवन केसी, शम्भुजीत बाँस्कोटा, दिलिप रायमाझी, प्रदिप खड्का, वेनिशा हमाल, पूजा शर्मा, कविता नेपालीलगायत सहभागी हुन लागेको बताइएको छ ।

फेस्टिभलमा पाँच वटा नेपाली फिल्मसमेत प्रदर्शन गरिँदैछ । ‘अन्तिम संस्कार’ र ‘हल्कारा’ आज प्रदर्शन भइसकेका छन् भने जुलाई १४ मा ‘टुल्की’ र ‘प्रसाद २’ प्रदर्शन हुने बताइएको छ । त्यस्तै, समापन समारोहमा ‘सरिता’ प्रदर्शन गरिने छ ।
 

टिप्पणीहरू