गोली लाग्दा पनि बचेका अमेरिकी पूर्व राष्ट्रपति चुप लागेर नबस्ने

गोली लाग्दा पनि बचेका अमेरिकी पूर्व राष्ट्रपति चुप लागेर नबस्ने
सुन्नुहोस्

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेको भोलिपल्टै विन्सकन्सिन राज्य पुगेका छन् । त्यहाँको मिल्वौकी शहरमा रिपब्लिकन पार्टीको अधिवेशन हुँदैछ ।

राजधानी वासिङ्ग्टन नजिकै पेन्सलभेनिया राज्यको बटलर शहरमा हिजो उनीमाथि गोली प्रहार भएको थियो । गोली कानमा लागेर रक्ताम्य भएका ट्रम्पले पूर्वनिर्धारित तालिका परिवर्तन नहुने बताएका छन् ।

उनलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि पार्टीले यो साताको अन्तमा औपचारिक उम्मेदवार घोषणा गर्ने सम्भावना छ । ट्रम्पलाई गोली हान्ने २० वर्षीय थोमस म्याथु क्रुक्सको गुप्तचर सेवाका सुरक्षाकर्मीले प्रतिकारमा चलाएको गोलीले तत्काल निधन भएको थियोे ।

टिप्पणीहरू