प्रधानसेनापतिद्वारा पेट्रोल पम्प उद्धघाटन

प्रधानसेनापतिद्वारा पेट्रोल पम्प उद्धघाटन

नेपाली सेनाले काठमाडौँको सितापाइलामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । 

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन आजदेखि सञ्चालनमा आएको हो । आज एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले पेट्रोल पम्पको उद्दघाटन गरे । 

डिजेल र पेट्रोल ५०-५० हजार लिटर भण्डारण क्षमताको पेट्रोल स्टेसनमा सर्वसाधारणले समेत उपभोग गर्न पाउने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँ उपत्यकाको भद्रकाली, लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा पेट्रोल पम्प सञ्चालनमा छन् । 

प्रधानसेनापति शर्माले आजै छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत उद्धघाटन गरेका छन् । दुवै कार्यक्रममा सैनिक अधिकारीहरु, स्थानीय निकायका पदाधिकारी, सडक विभाग तथा आयल निगमनका प्रतिनिधिको उपस्थिति  थियो ।

टिप्पणीहरू