रुसी खेलाडीहरुको बिहान माउन्टेन फ्लाइट, दिउँसो बालुवाटारमा भेट

रुसी खेलाडीहरुको बिहान माउन्टेन फ्लाइट, दिउँसो बालुवाटारमा भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसको महिला भलिबल टोलीले भेट गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले रुसबाट दशकौंदेखि सहयोग प्राप्त गर्दै आएको जानकारी गराउनुभएको छ ।

उहाँले तत्कालीन सोभियत संघ हुँदाको अवस्थादेखि नै नेपालले शिक्षा, यातायात, कृषि, उद्योग आदि क्षेत्रमा सहयोग पाएको उल्लेख गर्नुभयो ।  उहाँको भनाई छ, ‘पारस्पररिक लाभ र सम्मानका आधारमा दुई मुलुकबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्छ ।’

दुई मुलुकबीच काठमाडौंमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा भाग लिन आएको रुसी टोलीसँग प्रधानमन्त्रीले भन्नुभयो, ‘खेलकुदमा रुस एक प्रकारको बादशाह नै हो ।’

टोलीले आज बिहान माउन्टेन फ्लाइटबाट हिमालको अवलोकन गरेको थियो । १६ जनाको टोलीले बिहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म बुद्ध एअरको उडानमा पर्वतीय उडान गरेको बताइएको छ । टोलीमा १२ जना महिला र ४ जना पुरुष रहेको बताइएको छ ।

टिप्पणीहरू