‘हिटलर आउँदैछ’

‘हिटलर आउँदैछ’

भनिन्छ, कलाकारले नाटकमा भन्दा चलचित्रमा पैसा राम्रो पाउँछन् । दर्शकले पनि चलचित्रबाटै चाँडो नोटिस गर्छन् । सायद यसैकारण हुन सक्छ, चलचित्रबाट उदाइसकेका कलाकारलाई नाटकप्रति खासै रुची हुँदैन । 

तर अभिनेत्री वर्षा राउत यतिबेला प्रसिद्धी र चलचित्र छाडेर नाटकमा कस्सिएकी छन् । उनका ‘जात्रा’, ‘महाजात्रा’, ‘छक्का पञ्जा’, ‘के घर के डेरा’ लगायत दर्जनौं चलचित्र हिट भइसकेका छन् । उनलाई नयाँ चलचित्रको पनि अफर रहेको बताइन्छ ।

यसबीचमा उनी नाटकका लागि भन्दै अमेरिका उडेकी छन् । ओहायो राज्यस्थित एक्रोन सिभिक थिएटरमा मञ्चन हुन गइरहेको नाटक ‘हिटलर आउँदैछ’ को लागि उनी त्यहाँ गएकी हुन् । वर्षाको यो डेब्यु नाटक हो । विमल सुवेदीले निर्देशन गरेको नाटक आगामी भदौ २३ गते वर्ल्ड प्रिमियर गरिँदैछ । अहिले यसको वर्कशप चलिरहेको छ ।

 

‘मान्छे नाटकबाट चलचित्रमा जाने सपना देख्छन्, तपाईं चाहीँ चलचित्रबाट नाटकमा किन ?’ भन्ने प्रश्नमा वर्षा भन्छिन्, ‘मलाई नाटकमा खेल्ने र सिक्ने चाहना पहिल्यैदेखि हो, नाटकबाट उदाएका कलाकारको अभिनयको तुलनामा हाम्रो काम फिक्का हुन्छ, अहिले नाटक गर्ने मौका पाएँ, यो मेरो लागि ठूलो अवसर हो ।’

टिप्पणीहरू