भारतीय आर्थिक सहयोग सबैभन्दा धेरै भुटानलाई

भारतीय आर्थिक सहयोग सबैभन्दा धेरै भुटानलाई
सुन्नुहोस्

भारतले नेपाललाई चालु आर्थिक वर्षमा ७ अर्ब भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०२४/२५ को बजेटमा अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई दिइने सहयोग राशीमा अघिल्लो वर्षको तुलनामा ५० करोडले वृद्धि गरेको छ ।

भारतले छिमेकी मुलुकहरुमध्ये सबैभन्दा धेरै भुटानलाई आर्थिक सहयोग गर्ने भएको छ । भुटानलाई २० अर्ब ६८ करोड, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई १ अर्ब २० करोड, माल्दिभ्सलाई ४ अर्ब र म्यानमारलाई २ अर्ब २५ करोड उपलब्ध गराउने भएको छ ।

टिप्पणीहरू