त्यही पदमा पुग्न किन मरिहत्ये गरिन्छ ?

त्यही पदमा पुग्न किन मरिहत्ये गरिन्छ ?
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अघिल्लो गठबन्धनको सरकारमा गृहमन्त्रीको पदधार ग्रहण गरेपछि मातहतका जिल्ला प्रशासन र प्रहरी विभागहरु बेकामे बनेको दाबी स्रोतको छ । लामिछानेले सनकका भरमा काम गर्दा यी संयन्त्रभित्र अराजकता बढ्नुका साथै प्रहरीको चेन अफ कमाण्डमा पनि नकारात्मक असर परेको दाबी गरिदैंछ । यसको उदाहरणका रुपमा कान्तिपुर दैनिकका सञ्चालक कैलाश सिरोहियाको गिरफ्तारी प्रकरणलाई अघि सारेर चर्चा हुन थालेको छ । स्रोतका अनुसार कसैलाई पनि व्यक्तिगत रुपमा लक्षित गरी कारवाही गर्नु हुँदैन् म पनि सिडिओ भएको हुँ ।

तराईका कतिपय जिल्लामा नागरिकता र राष्ट्रिय परिचय पत्रहरुमा यस्ता समस्या देखिएका छन् । त्यसैले सिरोहियालाई पक्राउ गर्नु हुँदैन् । व्यक्तिगत इवि साँधेको जस्तो देखिन्छ भनेर तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई गृहसचिव एकनारायण अर्यालले सुझाएका थिए । तर तत्कालीन मन्त्री लामिछानेले कान्तिपुरका मालिक कैलाश सिरोहियालाई पक्राउ गर्न लगाए । उनीविरुद्ध प्रमाणसहित अपराध सिद्ध गर्न नसक्ने भएपछि अदालत नै नलगि त्यतिकै छोड्न बाध्य भएको दावी स्रोतको छ । त्यसले उनको कार्यशैली प्रतिशोधपूर्ण थियो भन्ने प्रमाणित हुन्छ । 

त्यसैगरी लामिछानेले सांसद तथा अरबपति व्यापारी विनोद चौधरीलाई बाँसबारी जग्गा काण्डमा खेलाँचीपूर्ण धम्स्याउन तर्साएको दाबी गरिदैंछ । जग्गा हिनामिनामा विगो तोक्दै जेल पठाउनेसमेतका कारवाही हुन्छ । तर चौधरीको बाँसबारी जग्गा प्रकरणमा तैंले चोरेका, डकैति गरेका सारा सम्पत्ति फिर्ता गर तलाई उन्मुक्ति दिन्छु भन्ने अवस्था सिर्जना गरी सोही अनुरुप अपराधीलाई फुर्सद दिने व्यवस्था मिलाएको देखिन्छ । 

अर्कोतर्फ गृह मन्त्रालयका बोस भएका मन्त्री लामिछानेले नेपाल प्रहरीका आईजिपी बसन्तबहादुर कुँवरलाई वाइपास गरी सिआईवि प्रमुख तथा एआईजी श्याम ज्ञवालीसँगको मिलोमतोमा टीकापुर जग्गा प्रकरणको छानवीन गर्न प्रहरी पनि खटाएको दाबी स्रोतको छ । टीकापुर प्रकरणमा अहिलेका परराष्ट्र मन्त्री आरजु राणा देउवाको संलग्नता रहेको चर्चा हुँदै आएको छ । राणालाई सोही जग्गा प्रकरणको छानवीन गरी टाउकोमा तरवार झुन्ड्याउने ताकमा लामिछाने रहेका थिए । तर छानवीनको किनारा नलाग्दै सत्ता समिकरण फेरिएपछि यो प्रकरण त्यतिकै थान्को लागेको छ । यी विभिन्न घटनाक्रमले रास्वपा अध्यक्ष लामिछानेले पदमा पुगेका बेला प्रतिशोधपूर्ण कारवाही गर्ने तत्पर हुन्छ भन्ने प्रमाणित हुने दाबी स्रोतको छ । 

गृहसचिव एकनारायण अर्याल, जनपथ प्रहरीका आईजि बसन्तबहादुर कुँवर र सशस्त्रका आइृजिपी राजु अर्याल अमेरिका भ्रमणमा गएको मौकामा भारतमा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्न लगाएका थिए । यी दुबैलाई गिरफ्तारी गर्न सिआईबी प्रमुख ज्ञवालीले तत्कालीन मन्त्री लामिछानेलाई सुझाउनको साथै मुख्य शुत्रधारको रुपमा काम गरेको दाबी स्रोतको छ । दुवैलाई पक्राउ गरी नेपाल ल्याएपछि मात्रै आईजिपी कुँवरले मिडियामार्फत् जानकारी पाएको बताइन्छ । सके अहिलेका आईजिपि कुँवरलाई कु गरी आईजिपि हुने, यो सम्भव नभए उनीपछि आईजिपी हुने र त्यो पनि सम्भवन नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने योजना अन्तर्गत यस्ता प्रकरण उछालेको दाबी गरिएको छ । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समयमा मुख्य सचिव बैकुन्ठ निलम्वनमा परेपछि कायममुकायम मुख्य सचिव बन्न पुगेकी लिला देवी............को प्रधानमन्त्री फेरिएसँगै परिवर्तन हुने चर्चा चल्न सुरु भएको छ । एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीको समूह सचिव तोयानारायण ज्ञवालीलाई मुख्य सचिव बनाउनु पर्छ भन्दै हिड्न थालेपछि यस्तो चर्चा हुन थालेको हो । ज्ञवालीले ज्ञवाली बोकेर हिडेको कुरा चाल पाएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भने ओठ लेप्राउन थालेको दाबी स्रोतले गरेको छ । 

यसैबिच चिनले नेपालको विपद् व्यवस्थापनको लागि विमान चार्टर गरी सहयोग सामग्रीहरु पठाउने काम अवरुद्ध गरिएको खबर छ । तर कतिपय सामग्री भनेर थल मार्ग हुँदै तातोपानी भन्सार नाकाबाट नेपाल भित्रिएको र ती सामग्रीहरु विपद् व्यवस्थापनमा जुटेका सुरक्षाकर्मी र पीडितहरुलाई वितरण गरिसकेको जानकारी गृह मन्त्रालयले दिएको छ । कोशी प्रदेशलगायतका विभिन्न क्षेत्रका बाढी पीडित र उद्धारका खटिएका निम्ति पुर्‍याइसकिएको खबर छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू