राजमार्गमा बन्दुकधारीद्वारा अन्धाधुन्द गोली प्रहार, दुई दर्जनको हत्या

राजमार्गमा बन्दुकधारीद्वारा अन्धाधुन्द गोली प्रहार, दुई दर्जनको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारी समूहले गोली प्रहार गरेर दुई दर्जनको हत्या गरेको छ । पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै वटा बस, ट्रक र भ्यान रोकेपछि भएको गोली प्रहारबाट कम्तीमा २३ जनाको मृत्यु भएको जनाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार पाँच जनालाई घाइते अवस्थामा फेला पारिएको छ । उक्त स्थानमा पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको पाइएको छ ।

मारिनेमध्ये २० जना पञ्जाबी र तीन जना बलोचका सर्वसाधारण हुन् । आक्रमणमा बलोच लिबरेसन आर्मी (बीएलए) को संलग्नता रहेको प्रहरीको आशंका छ ।

टिप्पणीहरू