थाइल्याण्डको राजनीतिक खिचातानीको असर बिमस्टेकमा

थाइल्याण्डको राजनीतिक खिचातानीको असर बिमस्टेकमा

आगामी साता बैंककमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित गरिएको छ । सेप्टेम्बर ३ र ४ तारिख बैंककमा हुन लागेको छैटौँ बिमस्टेक शिखर सम्मेलन स्थगितको सूचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण पनि रोकिएको छ ।

थाइल्याण्डमा हालै भएको सरकार परिवर्तनका कारण सम्मेलन रोकिएको जानकारी दिइएको छ । त्यहाँको संवैधानिक अदालतले तत्कालीन प्रधानमन्त्री स्रेथा थाविसिनलाई बर्खास्त गरेपछि फेउ थाउ पार्टी पेतोङत्रान सिनावात्रा नयाँ प्रधानमन्त्री बनेकी छन् । पछिल्लो समय विकसित राजनीति घटनाक्रमको असर बिमस्टेक शिखर सम्मेलनमा परेको छ ।

सम्मेलन स्थगितसँगै थाइल्याण्डले सदस्य राष्ट्रहरुलाई जानकारी गराएको हो । यद्यपि, सम्मेलनको नयाँ मितिबारे केही बताइएको छैन । सन् १९९७ मा स्थापित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) पछिल्लो समय निकै सक्रिय देखिन्छ । 

प्रधानमन्त्री ओली अमेरिका जाने कार्यक्रम भने तय भएको छ । उहाँ भदौ २५ बाट सुरु हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाने कार्यक्रम निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू