ब्राजिलमा पहिलेको ट्विटर अहिलेको एक्समाथि प्रतिबन्ध

ब्राजिलमा पहिलेको ट्विटर अहिलेको एक्समाथि प्रतिबन्ध
सुन्नुहोस्

ब्राजिलमा सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ माथि पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । त्यहाँको सर्वोच्च अदालतको आदेशपछि ब्राजिल सरकार एक्समाथि प्रतिबन्ध लगाउन बाध्य भएको छ ।

बीबीसीका अनुसार एक्सले जरिवानावापत ३० लाख अमेरिकी डलर तिर्न बाँकी  छ । एक्समाथि प्रतिबन्ध लगाइएपछि त्यसका मालिक एलन मस्कले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाइएको प्रतिक्रिया दिएका छन् ।  

अदालतले गुगललाई समेत आइफोन अपरेटिङ सिस्टम र एन्ड्रोइड सिस्टमको स्टोरबाट पाँच दिनभित्र हटाउन आदेश दिएको छ ।

टिप्पणीहरू