एसबिआईका ग्राहकलाई आगन्तुकमा विशेष छुट

एसबिआईका ग्राहकलाई आगन्तुकमा विशेष छुट

नेपाल एसबिआई बैंकका ग्राहकले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच चाडपर्वलाई लक्षित गर्दै छुटसम्बन्धी सम्झौता भएको हो । 

जसअनुसार अब बैंकका सम्पूर्ण डेबिट कार्डवाहक र मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताले रिसोर्टको आवास सुविधामा १५ प्रतिशत र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउने छन् । 

छुटसम्बन्धी समझदारी पत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र रिसोर्टकी वरिष्ठ प्रबन्धक सरस्वती गुरुङले हस्ताक्षर गरेको जनाइएको छ । 

एसबिआई बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङसेवा, एक सय २१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणीहरू