इन्टरपोलको प्रयासमा अभियुक्त ११ वर्षपछि दुबईमा समातिए

इन्टरपोलको प्रयासमा अभियुक्त ११ वर्षपछि दुबईमा समातिए

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका तीन जना नेपाली दुबईमा पक्राउ परेका छन् । पाँचथरका ४२ वर्षीय भुपेन्द्र बोहोरा, काठमाडौंका २८ वर्षीय कविर बुढाथोकी र मकवानपुरका २६ वर्षीय रोमन कार्कीलाई उता समातेर यता ल्याइएको छ ।

प्रहरीका अनुसार भुपेन्द्र र कविर ठगीसम्बन्धी मुद्दाका फरार प्रतिवादी हुन् भने रोमन जबरजस्ती करणीसम्बन्धी मुद्दामा फरार थिए । भुपेन्द्रविरुद्ध २०७९ जेठ १६ गते, कविरविरुद्ध ०७० साउन २४ गते र रोमनविरुद्ध गत असार १३ गते इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू