युक्रेनको युक्रेन्स्क सहर रुसी कब्जामा

युक्रेनको युक्रेन्स्क सहर रुसी कब्जामा

रुसी सेनाले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको युक्रेन्स्क सहर कब्जा गरेको छ । रुसी रक्षा मन्त्रालयले १० हजारभन्दा बढी जनसंख्या भएको उक्त सहरलाई आफ्नो सेनाले युक्रेनी कब्जाबाट मुक्त गरेको जनाएको छ ।

यसबीचमा सो क्षेत्रका केही गाउँ र बस्तीहरूलाई पनि नियन्त्रणमा लिइएको दाबी छ । युक्रेन्स्क डोनेट्स्क सहरबाट झण्डै ३० किलोमिटर पश्चिममा पर्छ ।

टिप्पणीहरू