नयाँ मुख्यमन्त्रीको घोषणापछि राजधानीका मजदुर दंग

नयाँ मुख्यमन्त्रीको घोषणापछि राजधानीका मजदुर दंग

भारतको राजधानी नयाँ दिल्लीमा मजदुरहरुको न्यूनतम पारिश्रमिक बढाइएको छ । दिल्ली सरकारले अदक्ष, अर्ध–दक्ष र दक्ष मजदुरहरुको न्यूनतम पारिश्रमिक बढाएपछि राजधानीका कामदारहरु खुशी भएका हुन् ।

नयाँ दिल्लीका नयाँ मुख्यमन्त्री अतिशी मर्लेना सिंहले उनीहरुको मासिक पारिश्रमिक न्यूनतम क्रमशः १८ हजार ६६, १९ हजार ९२९ र २१ हजार ९१७ तोकिदिएकी छन् ।  

आतिशीले भनेकी छन्, ‘पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सँधै गरिबहरूको विरुद्धमा काम गरेको छ । सन् २०१६–२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउन खोज्दा भाजपाले रोक्यो । अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध गर्यो । तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्याएको छ ।’

टिप्पणीहरू